२४ असार २०८३, बुधबार | July 8, 2026

सिके राउतका कार्यकर्ताद्वारा हरिवनका मेयरको गाडी तोडफोड



जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् ।

जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : ३६ बजे

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौं । पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ)हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा प्रवेश

काठमाडौं । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

देशभर मनसुन सक्रिय, आज भारी वर्षा र हुरीबतासको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश