२४ असार २०८३, बुधबार | July 8, 2026

स्थानीय तहको निर्वाचनबारे पार्टीभित्र छलफल गर्दै प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गर्दै निर्वाचन आयोगले आज प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको हो ।

आयोगले आगामी ५ जेठसम्म मात्र स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल रहेकाले यदि स्थानीय तहको निर्वाचन गराउने हो भने एक सय २० दिनको समय आवश्यक पर्ने भन्दै छिटो निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीसँग छलफल गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन प्रधानमन्त्री देउवाले शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन् । शुक्रबार भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । बैठकमा राष्ट्रिय सभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ४ : ०४ बजे

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउ

लुम्बिनी । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२/८३ मा