२३ बैशाख २०८१, आइतबार | May 5, 2024

स्थानीय तहको निर्वाचनबारे पार्टीभित्र छलफल गर्दै प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गर्दै निर्वाचन आयोगले आज प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको हो ।

आयोगले आगामी ५ जेठसम्म मात्र स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल रहेकाले यदि स्थानीय तहको निर्वाचन गराउने हो भने एक सय २० दिनको समय आवश्यक पर्ने भन्दै छिटो निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीसँग छलफल गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन प्रधानमन्त्री देउवाले शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन् । शुक्रबार भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । बैठकमा राष्ट्रिय सभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ४ : ०४ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ