१९ बैशाख २०८१, बुधबार | May 2, 2024

सत्तारूढ गठबन्धनको बैठक आजै अपरान्ह पुन: बस्ने



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह पुन: बस्ने गरी स्थगित भएको छ ।

निर्वाचन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको हो ।

अब बस्ने बैठकमा स्थानीय तह र अन्य  निर्वाचनबारे सामान्य छलफल भएको छ । राष्ट्रपति, निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल लगायतले स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएका छन् ।

सत्तारूढ दलले भने तीनै तहको निर्वाचन एकैसाथ गर्ने प्रयासमा छन् । उनीहरूले संविधानको धारासँग स्थानीय तहको निर्वाचनसम्बन्धी कानून बाझिएको बताइरहेका छन् ।

करिब १ घण्टा बसेको गठबन्धनको बैठकमा निर्वाचन मिति घोषणाबारे सहमति ननजुटेपछि शीर्ष नेताहरूबी छलफल भएको थियो । त्यसपछि ४ बजे पुन: बैठक बस्ने सहमति भएको हो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ५० बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी