१४ भदौ २०८३, आइतबार | August 31, 2026

स्थानीय तहको निर्वाचनमा तयारीमा जुट्न एमालेको निर्देशन



काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि बसेको एमालेको बैठकले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।

बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।

केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।

“संविधानको सही कार्यन्वयन उत्तरदायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपथ्र्यो । यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौँ,” बैठकमा ओलीले भने,“तर, सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।”

केन्द्रीय सचिवालय बैठकले यसअघि जन संगठनहरुले निर्वाचन मिति तोक्न दवाबमुलक कार्यक्रम गरिरहेको भन्दै बिहीबार पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णय गरेको समेत प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै बैठकले निर्णय राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको छ ।

पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ४५ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति