उदयपुर । त्रियुगा नगरपालिका-७ स्थित धौरी सरस्वती गाउँमा पहिलाे पटक बिजुली पुगेकाे छ ।
राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्काले धौरी सरस्वतीमा विद्युतीकरणको उद्घाटन गरे । स्थानीय ७२ घरपरिवारमा बिजुली पुगेकाे हाे ।
त्रियुगा नगरपालिका वडा नम्बर ७, त्रियुगा नगरपालिका, स्थानीय र विद्युत प्राधिकरणको संयुक्त लगानीमा लामो समयको मिहिनेनतपछि बिजुली विस्तार भएको त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडा सदस्य उद्धब काफ्लेले जानकारी दिए ।
परराष्ट्रमन्त्री डा. खड्काले त्रियुगा नगरपालिका-७ का सरस्वती आधारभुत विद्यालयका बालबालिकालाई ४२ थान न्यानो कपडा र कम्प्युटर हस्तान्तरण पनि गरेका छन्।



















प्रतिक्रिया