१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा



काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य-सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ ।

कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि यही माघ ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकको सेवा स्थगन गरिएको थियो । त्यसअघि गत पुस दोस्रो सातादेखि कार्यालयले सेवाको तालिका हेरफेर गरी सूचनामार्फत कोभिड-१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिन आग्रह गरेको थियो ।

जारी सूचनामा आइतबार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमबार बनेपा नगर र चौंरीदेउराली गाउँपालिका, मङ्गलबार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने जनाइएको छ । यस्तै, बुधबार पाँचखाल नगर र तेमाल गाउँपालिका, विहीबार मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिका तथा शुक्रबार नमोबुद्ध नगर र खानीखोला गाउँपालिकाको नागरिकलाई सेवा प्रवाह गरिने सूचनामा उल्लेख गरिएको छ । महाभारत गाउँपालिकाको लागि इलाका प्रशासन कार्यालयबाट सेवा पाउने जनाइएको छ । सेवाग्राहीलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण दर दैनिक घटिरहेको तथ्याङ्कले देखाएको छ । जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जनामा सङ्क्रमण देखिएको छ भने १४६ सङ्क्रमण मुक्त भएका छन् ।

हाल जिल्लाको १३ स्थानीय तहमा ४०३ कोरोना सक्रीय सङ्क्रमित छन् । जिल्लामा हालसम्म १७ हजार ३८४ मा सङ्क्रमण देखिएकोमा १९५ को मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ९६ दशमलब ५६ प्रतिशत अर्थात् १६ हजार ७८६ सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ०९ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति