काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त प्रणालीका कारण हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा हुस्सु लागेको महाशाखाको भनाइ छ ।
आज (आइतबार) दिउँसो देशभर सामान्य बदली रहने महाशाखाको भनाइ छ । देशभर सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ ।
हालैको वर्षा तथा हिमपातका कारण देशभर चिसो बढेको महाशाखाको भनाइ छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।



















प्रतिक्रिया