६ भदौ २०८३, शनिबार | August 22, 2026

एमसीसीलाई संसदमा अबिलम्ब पेश गर्नुपर्छ : एमाले उपमहासचिव ज्ञवाली



बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी सम्झौतालाई संसदमा पेश गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले एमसीसीमाथि संसदमा छलफल गर्नुपर्ने बताएका हुन् ।

ज्ञवालीले संसदमा छलफलमा ल्याउनका लागि सभामुखले बाटो छेक्न नहुने बताए । उनले भने, ‘सदनले नै पास वा फेल गर्नेछ । सभामुखले सदनमा ल्याउन ढोका बन्द गर्नु हुदैन ।’ ज्ञवालीले सदनमा एमसीसीले प्रवेशपाएपछि मात्र एमालेले आफ्ने धारणा दिने जनाए ।

एमसीसीलाई गिजोल्ने काम गठबन्धनका नेताहरुले गरेको आरोप लगाउँदै उनले देशभित्र एक थरी र अमेरिकासँग एकथरी कुरा गर्ने दोहोरो चरित्र उनीहरुले देखाएको आरोप लगाए । ‘५ महिनाभित्र पास गर्ने भनेर पत्र लेख्ने तर अहिले संसोधन गरेर मात्र पास हुन्छ भन्ने दोहोरो चरित्र सरकार र गठबन्धनका नेताहरुले देखाएका छन्’, ज्ञवालीले भने, ‘एमसीसी सम्झौता गर्दा देउवा नै प्रधानमन्त्री थिए । माओवादीका नेताको दोहोरो चरित्रले त्यो बेला पास भएन । अहिले यो गठबन्धको जिम्मेवारी हो । बहुमत उहाहरुसँग छ । संसदमा ल्याएर छलफल गरेर टुंगो लगाउनुपर्छ ।’

एमाले उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर्न माग गरे । उनले भने, कुनै बहानाबाजी नगरी अलमल नगरी मिति घोषणा गर्नुस । अनयथा लोकतन्त्र धरापमा जान्छ । बाहानाबाजी एमालेलाई मान्य छैन ।’

ज्ञवालीलेले एमालेमा पुर्नजागरण भएको बताए । एमालेलाई अब कसैले पराजित गर्न नसक्ने उनले दाबी गरे ।

ज्ञवालीले सरकारले जनतालाई न्यूनतम सविधा दिन नसकेको आरोप लगाए । अर्थतन्त्र धरासायी बनाएको, तरलताको अभाव भुक्तानी सन्तुलनमा फरक परेको आरोप पनि उनले लगाए । कोभिड महामारीको अवस्थामा समेत २४ लाख डोज कोरोना खोप हराउँदा पनि सरकारलाई कुनै मतलब नभएको बताए ।

 

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : ४५ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र