२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एमसीसीलाई संसदमा अबिलम्ब पेश गर्नुपर्छ : एमाले उपमहासचिव ज्ञवाली



बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसी सम्झौतालाई संसदमा पेश गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले एमसीसीमाथि संसदमा छलफल गर्नुपर्ने बताएका हुन् ।

ज्ञवालीले संसदमा छलफलमा ल्याउनका लागि सभामुखले बाटो छेक्न नहुने बताए । उनले भने, ‘सदनले नै पास वा फेल गर्नेछ । सभामुखले सदनमा ल्याउन ढोका बन्द गर्नु हुदैन ।’ ज्ञवालीले सदनमा एमसीसीले प्रवेशपाएपछि मात्र एमालेले आफ्ने धारणा दिने जनाए ।

एमसीसीलाई गिजोल्ने काम गठबन्धनका नेताहरुले गरेको आरोप लगाउँदै उनले देशभित्र एक थरी र अमेरिकासँग एकथरी कुरा गर्ने दोहोरो चरित्र उनीहरुले देखाएको आरोप लगाए । ‘५ महिनाभित्र पास गर्ने भनेर पत्र लेख्ने तर अहिले संसोधन गरेर मात्र पास हुन्छ भन्ने दोहोरो चरित्र सरकार र गठबन्धनका नेताहरुले देखाएका छन्’, ज्ञवालीले भने, ‘एमसीसी सम्झौता गर्दा देउवा नै प्रधानमन्त्री थिए । माओवादीका नेताको दोहोरो चरित्रले त्यो बेला पास भएन । अहिले यो गठबन्धको जिम्मेवारी हो । बहुमत उहाहरुसँग छ । संसदमा ल्याएर छलफल गरेर टुंगो लगाउनुपर्छ ।’

एमाले उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर्न माग गरे । उनले भने, कुनै बहानाबाजी नगरी अलमल नगरी मिति घोषणा गर्नुस । अनयथा लोकतन्त्र धरापमा जान्छ । बाहानाबाजी एमालेलाई मान्य छैन ।’

ज्ञवालीलेले एमालेमा पुर्नजागरण भएको बताए । एमालेलाई अब कसैले पराजित गर्न नसक्ने उनले दाबी गरे ।

ज्ञवालीले सरकारले जनतालाई न्यूनतम सविधा दिन नसकेको आरोप लगाए । अर्थतन्त्र धरासायी बनाएको, तरलताको अभाव भुक्तानी सन्तुलनमा फरक परेको आरोप पनि उनले लगाए । कोभिड महामारीको अवस्थामा समेत २४ लाख डोज कोरोना खोप हराउँदा पनि सरकारलाई कुनै मतलब नभएको बताए ।

 

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : ४५ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं