काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण विस्तारै कम हुँदै गएको छ ।
शनिबार कोरोनाको तेस्रो लहर सुरु भएयताकै सबैभन्दा कम संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकहजार भन्दा कम संक्रमित थपिएका हुन् ।
६ हजार ६५४ जनामा गरिएको परीक्षमा ८३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यीमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा ४९१ जना मात्र रहेका छन् ।
२४ घण्टाको बीचमा १८२६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसै अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आज देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।




















प्रतिक्रिया