१५ भदौ २०८३, सोमबार | August 31, 2026

पार्टीको वैधानिकतामाथि प्रश्न उठाए सैह्य हुँदैन : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धामा सुनुवाइ सुरु भएकै दिन अध्यक्ष नेपालको यस्तो भनाई बाहिर आएको हो ।

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपालले आफ्नो पार्टीले कानुनी आधारमा बैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दावी समेत गरे । उनले भने, ‘हामी बैधानिक रुपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं । र, सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउने खोज्छ भने हामी सहन गर्दैनौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । उनले अब पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु भएको बताए ।

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए । उनले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको समेत स्पष्ट पारे । अध्यक्ष नेपालले भने, ‘एमसीसी भन्ने अमेरिकाबाट प्राप्त भएको सहयोगको विषयपनि नेपाली समाजमा निकै ठुलो बहस र विवादको विषय बनेको छ । यो विषयको बारेमा हामी अझैपनि छलफल चलाइरहेका छौँ । जनताको भावना के छ त्यो पनि बुझ्न खोजिरहेका छौँ । फैलिएका आशंकाहरु के–के छन् त्यो पनि बुझ्न चाहिरहेका छौँ । र जनताको भावनामा ठेस नपुग्नेगरी, देशको हितमा कुठाराघात नहुनेगरी र सबै मित्रराष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम हुनेगरी हाम्रो समस्यालाई हाम्रो आफ्नै किसिमको परिवेशलाई अरुले पनि बुझिदिउन् भन्ने चाहाना राख्नेगरी हामी अगाडि बढ्न चाहिरहेका छौँ । हामी सबैसँग मित्रता भाव राख्न चाहान्छौँ । कसैसँग पनि कटुता राख्न चाहादैनौँ । हाम्रा सबै मित्र हुनेछन् । कोही शत्रु हुने छैनन् । हामी हाम्रो देशलाई कुनै किसिमको विश्वको रणभुमिको मैदान बनाउन चाहदैनौँ ।’

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १ : ४६ बजे

राष्ट्रपति पौडेलसँग भोटेकोशी बाढीबाट भएको जनधनको क्षेतिबारे रास्वपा सभापति लामिछानेको ‘ब्रिफिङ’

काठमाडौं। संसदीय व्यवस्थामा सामान्यतया सरकारले गरेको काम कारवाही र मुलुकको

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित