४ पुस २०८२, शुक्रबार | December 19, 2025

खाली कागजमा हस्ताक्षर गर्न एमालेका पाँच सांसदद्वारा अस्वीकार



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं । आवश्यक परेको ठाउँमा ती चिजहरुलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ,’ भट्टराईले भने ।

तर एमालेका पाँच सांसदले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीम रावल, घनश्याम भुसाल, झपटबहादुर रावल, पवित्रा निरौला खरेल, र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । खाली कागजको फाइलमा हस्ताक्षर गर्न अस्वीकार गरेकामध्ये भीम रावलले लिखितरुपमा नै असहति राखेका थिए भने अन्य चारले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

हस्ताक्षर गर्न अस्वीकार गरेका सांसद झपट रावलले प्रयोजन थाहा नपाएका कारण हस्ताक्षर नगरिएको बताए । उनले प्रतिशोधको राजनीति गर्न नहुने भन्दै चित्त नबुझेको कुरा जनतामा भन्नुपर्ने बताए ।

सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसको काउन्टरमा अन्य चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न सक्ने नेताहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको