६ बैशाख २०८३, आइतबार | April 19, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८ सय १५ पुग्यो



काठमाडौ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८ सय १५ पुगेको छ ।

कोरोना संक्रमितको संख्या ४३ लाख ३९ हजार ९ सय ७३ पुगेको छ । वल्र्डमिटरका अनुसार बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १४ लाख ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै, रुसमा २ लाख ३२ हजार २ सय ४३, स्पेनमा २ लाख २८ हजार ३०, बेलायतमा २ लाख २७ हजार ७ सय ४०, इटालीमा २ लाख २१ हजार २ सय १६, फ्रान्समा १ लाख ७८ हजार ३ सय ४९, ब्राजिलमा १ लाख ७७ हजार ६ सय २ मा संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ८३ हजार ४ सय २५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, बेलायतमा ३२ हजार ७ सय ६९, इटालीमा ३० हजार ९ सय ११, फ्रान्समा २६ हजार ९ सय ९४, स्पेनमा २६ हजार ९ सय २०, ब्राजिलमा १२ हजार ४ सय ४ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर १६ लाख २ हजार ६६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ २ लाख ३० हजार २ सय ८७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, १ लाख ४७ हजार २ सय, स्पेनमा १ लाख ३८ हजार ९ सय ८०, इटालीमा १ लाख ९ हजार ३९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा पनि २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार मात्रै ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा संक्रमितमध्ये ३३ जना संक्रमणमुक्त भएका छन भने तीन जानमा फेरी संक्रमण देखिएपछि उपचारको लागि हस्पीटलमा रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ३२ बजे

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका