१५ भदौ २०८३, सोमबार | September 1, 2026

सत्ता गठबन्धनको बैठकअघि प्रचण्ड र माधव नेपालबीच छलफल



काठमाडौं । एमीसी विवादका कारण सत्ता गठबन्धको भविष्य संकटमा परेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

सत्ता गठबन्धनको निर्णायक बैठक बस्नुअघि गठबन्धनमा आवद्ध दुई शीर्ष कम्युनिष्ट नेताबीच भेटवार्ता भएको हो । साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको हो । दुई नेताहरुको छलफलकैबीच जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भएका थिए ।

छलफलपछि संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफुहरुको जोड गठबन्धन जोगाउनमै रहेको बताए । ‘गठबन्धनलाई नै कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छ । पाँच दलको बैठकमा छलफल गरेर एउटा निचोड निकाल्नेमै हाम्रो जोड छ’, प्रचण्डले भने, जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपाललले भने धेरै कुरा बिग्रिँदै गएको बताए ।

माओवादी र एकीकृत समाजवादीले दलहरुबीच सहमति नभै संसदमा एमसीसी टेबल गर्न नहुने अडान राखिरहेका छन् । माओवादीले त जबरजस्ती संसदमा पेश गरिए सरकार छोड्नेसम्मको निर्णय गरेको छ ।

एमसीसीकै विषयमा आजै बिहान प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ३ : १९ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,