२२ भदौ २०८३, सोमबार | September 7, 2026

थपिएको तीन प्रहरी एआईजी दरबन्दीमा क-कसको सम्भावना ?



काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गरेको छ । थप दरबन्दीसँगै एआईजीको संख्या आठ पुगेको छ ।

नेपाल प्रहरीमा एक वर्षभित्रै एआईजीको दरबन्दी तीनबाट बढाएर आठ पुर्याइएको हो । पछिल्लो पटक दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गरेर गृह मन्त्रालयमा पठाइएको थियो । गृह मन्त्रालयले अघिल्लो सोमबार नै एआईजी थपको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको भए पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले यो विषयमा निर्णय लिएको हो ।

थपिएको दरबन्दी मानव स्रोत एवं प्रशासन विभागलाई अलग गरेर एउटा, केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश समन्वय विभागमा रहने भएको छ ।

थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसीलगायत प्रतिस्पर्धी छन् ।

अर्याल, पन्त र कार्कीद्वय एआईजीमा बढुवा भए पनि ३० वर्षे सेवा हदका कारण उनीहरूले आगामी १८ वैशाखमै अवकाश पाउनेछन् । उनीहरू प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीका ब्याचका हुन् । त्यस्तै पछिल्लो ब्याचका सिंह, सुवेदी, लामा र धानुकलाई पनि प्रतिस्पर्धी मानिएको छ । यी चारमध्ये धानुकको नाममा अर्थमन्त्री जनार्दन शर्माले चर्को लबिङ गरेको स्रोतको दाबी छ । यद्यपि, धानुकको नाममा गठबन्धनभित्रै चर्को विरोध हुँदै आएको छ ।

पछिल्लो ब्याचका जो एआईजी भए पनि उनीहरू चैत २०७९ सम्म सेवामा रहनेछन् । पछिल्लो ब्याचका चार जना हालका एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाका ब्याची हुन् ।

३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनअघि नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको ब्याचका १७ जना प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण घर जाँदै छन् । चुनाव हुनुभन्दा १२ दिनअघि अनिवार्य अवकाश पाउनेमा ३ एआईजी, १२ डीआईजी र एक एसएसपी छन् । उनीहरू सबै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

त्यस दिन महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पाल, अपराध अनुसन्धान विभाग प्रमुख एआईजी प्रद्युम्नकुमार कार्की र प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख एआईजी निरजबहादुर शाही त्यसै दिन घर जाँदै छन् ।

त्यस दिन पाँचवटा प्रदेशका प्रहरी प्रमुख पनि घर जानेछन् । घर जाने तयारी हालतमा रहेका डीआईजीमा मधेस प्रदेशका उमेश रंजितकार, बाग्मतीका प्रकाशजंग कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पुरुषोत्तम कँडेल छन् ।

त्यस्तै, दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरीका काउन्सिलर एसएसपी वीरेन्द्रकुमार बस्यालको पनि ३० वर्ष सेवा हद आगामी १८ वैशाखमा पूरा हुँदै छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ५२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा