१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोभिडका कारण स्थगित ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता भोलीदेखी सुरु



बुटवल । कोरोना महामारी कोभिड-१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि स्थगित गरिएको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता भोलीदेखी सुरु हुने भएको छ ।

लाफा समुह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ कोभिड-१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढेसंगै सरकारले विद्यालय, सार्वजनिक यातायात, सिनेमा हल, जिम हाउस लयायत खेलकुदका विभिन्न गतिविधिहरुमा रोक लगाएसंगै प्रतियोगिता पनि स्थगित गरीएको थियो ।

अहिले नेपालमा कोभिड संक्रमण कम हुदै गएपछि सरकारले रोक लगाएका क्षेत्रहरु खुले संगै प्रतियोगिता आयोजना गरीएको समुहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पनि उनले जानकारी दिए ।

समुहले माघको २२ र २३ गते २ दिने लाफा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

हालसम्म प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मनाङ्ग, स्याङ्गजा, बाग्लुङ्ग र दाङ्गका खेलाडीहरुले टिम दर्ता गरेको खेल संयोजक पुरन गाहाले जानकारी दिए । अहिले सम्म खुल्लामा ३८ र भेट्रानमा २९ टिमले दर्ता गरेको उनले जानकारी दिए ।

प्रतियोगितामा खुला तर्फका विजेताले ३५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाइ विशेष पुरस्कारको व्यवस्था गरीएको कार्यक्रम संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।

त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ २५ सय दर्ता शुल्क र भेट्रान्सतर्फ २ हजार दर्ता शुल्क राखिएको थापाले जानकारी दिए । भोलि बिहान ९ बजे बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले प्रतियोगिताको उदघाटन गर्ने संयोजक थापाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयां खर्च अनुमान गरिएको समुहका संरक्षक बासुदेब लामिछाने मगरले जानकारी दिए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए ।

लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समुहले यस वर्ष स्थानिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ बि लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ४ : २२ बजे

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने