१७ माघ २०८२, शनिबार | January 31, 2026

एक खेल अगावै भारतले जित्यो टी-ट्वान्टी सिरिजको उपाधि



काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज एक खेल अगावै आफ्नो कब्जामा पारेको छ । कोलकत्तामा गएराति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ रनले हराउँदै भारतले सिरिज जितेको हो ।

भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सकेको थियो ।

वेस्ट इन्डिजका रोभम्यान पावेलले अविजित रहँदै ६८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । ब्राण्डन किङ २२ तथा केली मेयर्स ९ रनमा आउट भए ।

भारतका युजभेन्द्र चाहल, भुवनेश्वर कुमार र रबी बिस्नोईले १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन जोडेको थियो ।

भारतका लागि ऋषव पन्तले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । विराट कोहलीले पनि ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा भेन्कातेस आयरले ३३ रन जोडे ।

कप्तान रोहित शर्माले १९ रन जोड्दा आउट भए । वेस्ट इन्डिजका रोस्टन चेसले ३ विकेट लिए । यो जितसँगै भारतले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ३४ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले