५ बैशाख २०८३, शनिबार | April 18, 2026

‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ सुरु



बुटवल । व्याडमिन्टन खेलका युवा खेलाडी उत्पादन तथा प्रोत्साहनको उद्देश्यका साथ लाफा समुहको आयोजनामा प्रतियोगिता-२०७८ शुरु भएको छ ।

कोरोना महामारी कोभिड-१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएको कारण स्थगित भएको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान्स व्याडमिन्टन प्रतियोगिता-२०७८ शुरु भएको हो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले शनिबार प्रतियोगिताको उद्घाटन गर्दै खेल पुर्वाधार र खेलाडी उत्पादनमा बुटवल उपमहानगरपालिका अगाडी रहेको दाबी गरे । खेलाडीहरुको खेल विकास गर्न पूर्वाधारको आवश्यकतालाई मध्यनजर गरी यसमा लगानी गरेको सुवेदीले बताए ।

मानवीय र भौतिक विकासको रणनैतिक योजना अनुसार अगाडी बढिरहेको दाबी गर्दै यसले बुटवलको स्वरुप फेर्ने उनले बताए । नगरभित्र हाल ९ अरब रुपैया बराबर निजि क्षेत्रको लगानीमा सार्वजनिक विकासको गुरुयोजना अनुसार अघि बढेको उनले बताए । सांस्कृतिक र आर्थिक केन्द्रको रुपमा नगरको विकास भैरहेको उनले बताए । नागरिक स्माट भएपछि नगर स्मार्ट बन्ने उनको तर्क छ ।

प्रतियोगिता माघको तेस्रो साता आयोजना गर्ने तयारी गरेपनि कोभिड १९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि अन्तिम समयमा आएर स्थगित गर्नुपरेको समूहका अध्यक्ष तारा रेश्मीमगरले बताए ।

प्रतियोगितामा खुल्ला तर्फका विजेताले ३५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन । भेट्रान्सतर्फ उपाधि विजेताले नगद २५ हजार रुपैया, दोस्रो टिमले नगद १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन । यसैगरी उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदयमान खेलाडीलाइ विशेष पुरस्कारको व्यवस्था गरीएको कार्यक्रम संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।


प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मनाङ्ग, स्याङ्गजा, बाग्लुङ्ग र दाङ्गका गरि खुल्लातर्फ ६४ र भेट्रानतर्फ ३२ टिमले भाग लिएका खेल संयोजक पुरन गाहाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयां खर्च अनुमान गरिएको समुहका संरक्षक बासुदेब लामिछाने मगरले जानकारी दिए ।

कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष भिमप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नारायण घिमिरे, रुपन्देही पुल तथा स्नुकर सघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ  समुहका संरक्षक बासुदेव लामिछाने, समुहका सल्लाहकार चक्रबहादुर राना उपाध्यक्ष बबिन थापा, निवर्तमान अध्यक्ष केशब रानाले लगायतले बोलेको कार्यक्रमको संचालन सचिव यसपाल चौतारेले गरेका थिए ।

यसैबिच पंचरत्न युवा क्लबका शिव राना र जिवकान्त काफ्लेको जोडी तथा लाफा समुहका तारा रेश्मीमगर र बबिन रानाको जोडी बिचमा भएको उद्घाटन खेलमा आयोजक विजयी भएका छन । उनिहरुले २-० को सोझो सेटमा जित हासिल गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  २ : ५४ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको