बुटवल । लोकतन्त्रमा मितब्ययी, भयरहित र मित्रवत प्रतिष्पर्धात्मक आवधिक निर्वाचनले लोकतान्त्रिक व्यवस्थाको संस्थागत बिकास गर्ने सरोकारवालाले बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा ‘प्रविधिमैत्री, मितब्ययी, अहिंसात्मक तथा मित्रवत प्रतिष्पर्धात्मक निर्वाचन : राष्ट्रको आवस्यकता’ बिषयक अन्तरसंबाद कार्यक्रममा बोल्ने वक्ताहरुले लोकतन्त्रलाई संस्थागत गर्न आवाधिक निर्वाचन अनिवार्य विषय भएको बताए । उनीहरुले मितब्ययी, भयरहित र मित्रवत प्रतिष्पर्धाले लोकतन्त्रलाई बलियो बनाउने बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका शहरी तथा ग्रामीण बिकास एबम पर्यटन मन्त्री डिल्लिबहादुर चौधरीले लोकतन्त्र, मानव अधिकार र आवाधिक निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले लोकतन्त्रमा मित्रवत प्रतिष्पर्धा हुनुपर्नेमा कहिलेकाहीँ अस्वस्थ प्रतिष्पर्धा हुने गरेको बताउँदै त्यसलाई न्युनिकरण गर्न सबै दलहरुको भूमिका रहने स्पष्ट पारे ।
कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न समेत सरकारलाई सुझाएका थिए। केन्द्रिय सभापति गोबिन्द खनालको अवधारणा प्रस्तुती, जिल्ला सभापति डिपि खनालको सभापतित्व तथा सचिव कपिल ज्ञवालिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।



















प्रतिक्रिया