काठमाडौं । अन्तत एमसीसी सम्झौता संसदमा टेबल भएको छ।
अर्थमन्त्रीको तर्फबाट संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा पेश गरेका छन् ।
एमसीसीसम्झौता टेबल गर्ने समयमा एमाले, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका सांसदहरुले नारावाजी गरेर विरोध गरेका छन् ।
एमसीसी पेश भए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका छन् । अर्को बैठक फागुन १२ गते बस्ने भएको छ ।



















प्रतिक्रिया