२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

नेपाल आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा, क्यानडा ८ विकेटले पराजित



काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप छनोटको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै सेमिफाइनमा पुगेको छ ।

कुशल भुर्तेल र दीपन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्नुका साथै सन्दीप लामिछानेको तीन विकेटप्रेरित नेपालले सोमबार आईसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायर ‘ए’मा क्यानडालाई ८ विकेटले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

सोमबार मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएको थियो । ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।

समूहको अन्तिम खेल विजय हासिल गरेसँगै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपालले अब फाइनल प्रवेशका लागि युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध खेल्नेछ । युएई सोमबारै समूहको अन्तिम खेलमा बहराइनसँग पराजित भए पनि रनरेटका आधरमा सेमिफाइनल पुग्न सफल भएको हो । समूह ‘ए’बाट आयरल्यान्डले विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । आयरल्यान्डले फाइनल प्रवेशका लागि ओमानविरुद्ध खेल्नेछ । ओमानले आजै सम्पन्न अर्को खेलमा फिलिपिन्सलाई ९ विकेटले पराजित गरेको थियो ।

मंगलबार हुने सेमिफाइनलमा युएईलाई पराजित गरेमा नेपालले अष्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपमा स्थान बनाउने छ । विश्वकप १६ अक्टोबरदेखी १३ नोभेम्बरसम्म हुनेछ । ग्लोबल क्वालिफायर ‘ए’बाट फाइनल खेल्ने दुई र जिम्बाब्वेमा हुने ग्लोबल क्वालिफायर ‘बी’बाट फाइनल खेल्ने दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

८१ रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालका कुशलले अविजित ३४ र दीपेन्द्रसिंहले अविजित २७ रन बनाए । दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि ५८ रनको अविजित साझेदारी गरे । आसिफ शेखले १७ रन बनाए । कुशल मल्ल शून्यमा पवेलियन फर्किए । क्यानडाका कलीम सना र सलमान नजरले एक एक विकेट लिए ।

त्यसअघि नेपालका कप्तान सन्दीप लामिछानेले चार ओभरमा १२ रन दिएर तीन विकेट लिए । कमलसिंह ऐरी र अभिनाष बोहराले दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए । क्यानडाका कप्तान नवनितले १८, रायन पठानले १४, सलमान नजरले १० र डिलन हेलिगरले अविजित २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो ६ ओभर सकिँदा नेपालले चार विकेट लिएको थियो । ‘पावर प्ले’ सकिँदा क्यानडा ३९÷४ को स्थितिमा छ । नेपालका कमलसिंहले दुई र अभिनाषले एक विकेट लिएका थिए । कमलसिंहले पहिलो ओभरको पाँचौं बलमा म्याथ्यु स्पूर्स शून्यमा पवेलियन फर्काएका थिए । कमलसिंहले पाँचौं ओभरको तेस्रो बलमा नवनित(१८¬)लाई लोकेश बमको हातबाट क्याच गरे ।

ओपनर रायन पठान छैटौं ओभरको दोस्रो बलमा रन आउट भए । सोही ओभरको अन्तिम बलमा एक रन बनाएका रविन्दरपल सिंहलाई अभिनाषले विकेटकिपर आसिफ शेखमार्फत क्याच गरे । सातौं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले एक रन बनाएका हम्जा तारिकलाई बोल्ड गरे । लगत्तै साद विन जफर दुई रन बनाएर रन आउट भए ।

नवौं ओभरको अन्तिम बलमा कलीम सानालाई सन्दीपले कुशल मल्लमार्फत क्याच गरे । दशौं ओभरको पहिलो बलमा कुशलले हर्ष ठकर(२)लाई एलबीडब्यू आउट गरे । ११औं ओभरको पहिलो बलमा सन्दीपले जुनैद सिद्धिकी(२)लाई विकेटकिपर आसिफमार्फत क्यच गरे ।

नेपालले आज फिलिपिन्सविरुद्धको टिममा एक खेलाडी परिवर्तन गरेको थियो । गुल्शन झाको स्थानमो कमलसिंह ऐरी टिममा फर्किएका थिए ।
नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराएको थियो । क्यानडाले फिलिपिन्सलाई ११८ रनले हराएको थियो भने ओमानसँग ९ विकेटले पराजित भएको थियो ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : २६ बजे

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०