१६ भदौ २०८३, मंगलबार | September 1, 2026

आईसीसी टी-२० : ओमानले नेपाललाई दियो ८८ रनको सामान्य लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको तेस्रो स्थानका लागि भएको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको योगफल तयार पार्‍याे ।

ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक २१ रन बनाएर । आयन खान १६ रन र नासिम खुसी १५ रन जोडेर पभेलियन फकिँदा
नेपालका कप्तान सन्दीप लामिछानेले चार ओभरमा १३ रन खचिँदै सर्वाधिक तीन विकेट लिए । कमल ऐरी, आरिफ शेख, अविनास बोहरा, सागर ढकालले समान एक विकेट लिए ।

छनोटअन्तर्गत सेमिफाइनलमा पराजित भएपछि दुबै टोलीको अस्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको थियो । त्यसअघि नेपाल समूह ‘बी’ को विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइलनमा स्थान बनाएका थिए ।

सेमिफाइनलमा जित निकालेसँगै यूएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् । यी दुईले आजै उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ५ : ३३ बजे

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा