६ पुस २०८२, आइतबार | December 21, 2025

देवदह उद्योग बाणिज्य संघद्वारा कोरोनाबारे सचेतनामुलक अभियान



बुटवल । रुपन्देहीको देवदह उद्योग बाणिज्य संघले देवदह क्षेत्रमा कोरोना संक्रमण विरोद्धका सचेतनामुलक अभियान तथा स्टिकर वितरण कार्यक्रम गरेको छ ।

उद्योग तथा व्यापार ब्यवसायमा हुने जमघटका कारण कारोना संक्रमण दर बढ्न सक्ने बारे सचेत बनाउन देवदह क्षेत्रका उद्योगी ब्यवसायिक संस्थाहरुमा कोरोना विरुद्धको सचेतनामुलक स्टिकर वितरण गरेको हो ।

देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद भण्डारी, वरिष्ठ उपाध्यक्ष मिना श्रेष्ठ, उद्योग उपाध्यक्ष रमेशचन्द्र गैरे, बाणिज्य उपाध्यक्ष कृष्ण शाही लगायतको टोलिले देवदहका प्रत्यक टोलमा गएर कोरोना विरुद्धका स्टिकर तथा सचेतनामुलक सन्देश दिएको महासचिव विष्णु न्यौपानेले जानकारी दिए ।

ब्यवसायिमा कोरोना संक्रमण नहोस् भनेर विभिन्न खाले सचेतनामुलक सन्देश प्रवाहसँगै देवदह क्षेत्रमा झण्डै दुई हजार स्टिकर वितरण तथा टाँस गरिएको न्यौपानेले बताए । संघका पदाधिकारी तथा सदस्यहरु सम्मिलित टोलीले देवदहका खैरेनी, सितलनगर, भलुही, भवानीपुर, केरवानी, टटेरा, चरङ्गे लगायतका स्थानमा कोरोना विरुद्धका सचेतनामुलक सन्देशसँगै स्टिकर वितरण र टाँस गरिएको संघले जनाएको छ ।

कोरोना महामारिको चरण अझै पनि समाप्त नभएको उल्लेख गर्दै संघका अध्यक्ष हरिप्रसाद भण्डारीले अझैपनि संक्रमण हुनसक्ने बारे सचेत बनाउदै देवदहका टोलटोलमा सचेतनामुलक कार्यक्रम र स्टिकर वितरण कार्यक्रम गरिएको बताए । वितरण गरिएको स्टिकरमा अनिवार्य मास्कको प्रयोग गरौ, समाजिक दुरी कायम गरौ र स्वास्थ्य मापदण्डको पालना गरौ लगायतका सन्देशहरु राखिएको संघले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : १९ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल