१ चैत्र २०८२, आइतबार | March 15, 2026

देवदह उद्योग बाणिज्य संघद्वारा कोरोनाबारे सचेतनामुलक अभियान



बुटवल । रुपन्देहीको देवदह उद्योग बाणिज्य संघले देवदह क्षेत्रमा कोरोना संक्रमण विरोद्धका सचेतनामुलक अभियान तथा स्टिकर वितरण कार्यक्रम गरेको छ ।

उद्योग तथा व्यापार ब्यवसायमा हुने जमघटका कारण कारोना संक्रमण दर बढ्न सक्ने बारे सचेत बनाउन देवदह क्षेत्रका उद्योगी ब्यवसायिक संस्थाहरुमा कोरोना विरुद्धको सचेतनामुलक स्टिकर वितरण गरेको हो ।

देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद भण्डारी, वरिष्ठ उपाध्यक्ष मिना श्रेष्ठ, उद्योग उपाध्यक्ष रमेशचन्द्र गैरे, बाणिज्य उपाध्यक्ष कृष्ण शाही लगायतको टोलिले देवदहका प्रत्यक टोलमा गएर कोरोना विरुद्धका स्टिकर तथा सचेतनामुलक सन्देश दिएको महासचिव विष्णु न्यौपानेले जानकारी दिए ।

ब्यवसायिमा कोरोना संक्रमण नहोस् भनेर विभिन्न खाले सचेतनामुलक सन्देश प्रवाहसँगै देवदह क्षेत्रमा झण्डै दुई हजार स्टिकर वितरण तथा टाँस गरिएको न्यौपानेले बताए । संघका पदाधिकारी तथा सदस्यहरु सम्मिलित टोलीले देवदहका खैरेनी, सितलनगर, भलुही, भवानीपुर, केरवानी, टटेरा, चरङ्गे लगायतका स्थानमा कोरोना विरुद्धका सचेतनामुलक सन्देशसँगै स्टिकर वितरण र टाँस गरिएको संघले जनाएको छ ।

कोरोना महामारिको चरण अझै पनि समाप्त नभएको उल्लेख गर्दै संघका अध्यक्ष हरिप्रसाद भण्डारीले अझैपनि संक्रमण हुनसक्ने बारे सचेत बनाउदै देवदहका टोलटोलमा सचेतनामुलक कार्यक्रम र स्टिकर वितरण कार्यक्रम गरिएको बताए । वितरण गरिएको स्टिकरमा अनिवार्य मास्कको प्रयोग गरौ, समाजिक दुरी कायम गरौ र स्वास्थ्य मापदण्डको पालना गरौ लगायतका सन्देशहरु राखिएको संघले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : १९ बजे

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक