१ चैत्र २०८२, आइतबार | March 15, 2026

भारतीय गोर्खा राईफलका प्रमुखलाई बुटवलमा स्वागत, पेन्सनको कागजी प्रक्रिया सहज बनाउन आग्रह



बुटवल । भारतीय गोर्खा पूर्व सैनिकहरुले अवकासपछि पेन्सन प्राप्त गर्ने कागजी प्रक्रिया झन्झटिलो भएको भन्दै गुनासो गरेका छन् । शुक्रबार बुटवल भ्रमणका आएका भारतीय गोर्खा सैनिक प्रमुख गोर्खा ब्रिगेडर पिएन अनन्तनारायण सेनामेडललाई स्वागतपछि पूर्व सैनिकहरुले उक्त गुनासो व्यक्त गरेका हुन् ।

अनन्तनारायणलाई बुटवलका पूर्व सैनिकहरुले पञ्चे बाजासहित स्वागत गरेका थिए । सो अवसरमा बोल्दै ब्रिगेडर अनन्तनारयणले पूर्व सैनिकहरुका गुनासाहरु सुन्दै समाधानका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । गोर्खा सैनिकहरुको योगदान अतुलनीय रहेको बताउँदै उनले त्यसको सम्मानका लागि पनि उनीहरुको सेवालाई थप प्रभावकारी झन्झटरहित बनाउनुपर्नेमा आफू सकारात्मक रहेको बताए ।

ब्रिगेडर अनन्तनारायणले आगामी २ वर्ष भित्र बुटवल र धनगढीमा गोर्खा सैनिकका बालबालिकाहरु लक्षित विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए । पूर्व सैनिकका बालबालिकाहरुका लागि पठपाठन गराउन यसअघि नै काठमाण्डौं, पोखरा र धरानमा भारतीय सरकारको सहयोगमा केन्द्रीय विद्यालय स्थापना भएको छ ।

कार्यक्रमका अवसरमा भारतमा भएका बिभीन्न लडाईहरुमा योगदान पुर्याएका भिसी प्राप्त गरेका परिवारलाई सम्मान गरिएको थियो । नेपाल स्थित भारतीय दुताबासको रक्षा सहचरी कर्णल अमित शर्मा, संयुक्त भुुतपूर्व सैनिक महासंघका अध्यक्ष कर्नेल धनबहादुर थापा लगाएतले बोलेका थिए ।

उक्त अवसरमा भारताको गेलेसियर क्षेत्रमा डिउटीका क्रममा सहदात प्राप्त गरेका अमित काफ्लेको परीवारलाई २४ लाख राशीको चेक हस्तान्तरण गरिएको छ । नेपा भ्रमणमा रहेका पिएन अन्नतनारायणले निमार्णधिन अवस्थामा रहेको सुनवलको बिर गोर्खा सहिद स्मारक पार्कको समेत निरीक्षण गरेको संयुक्त भुपु सैनिक महासंघका केन्द्रीय महासचिब कुल बहादुर केसीले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : ०२ बजे

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने ठकुरीको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक