४ पुस २०८२, शुक्रबार | December 19, 2025

मेरी उनीलाई….



तिमी मेरो साथमा छ्यौ
र त म
चङ्गाझैँ उडिरहेको छु ।
तिमी मेरो हरेक अभाबहरूमा उपस्थित छ्यौ
र त म
सन्तुष्टिले भरिपूर्ण भएको छु ।
तिमी मेरो चाहना हौ
र त म
प्राप्तिले मख्ख छु ।
अभाबैअभाबको गंजागोलमा
तिम्रो प्रवेशले चाहपूर्ति भएको क्षण

कल्पनामा चुर्लुम्म डुबेर तिमीलाई कल्पिरहन्छु ।
सुखको संसारबाट ल्याएर
दुस्खको पीरामिड सुम्पेर

प्रफुल्लित भइरहेँ
तिमीले दुःखको आभास दिइनौ
तिमीले आत्मासात गरिरह्यौ ।
कुनै दिन कुनै क्षण कुनै पल
कौतुकमय सुखानुभूति दिन सकिन
जसबाट तिमीले
मीठो अहम् प्राप्त गर्न सक
र,
खुसी र उमङ्गलाई ग्वाम्ल्याङ्ग अङ्गालो हाल्न सक ।
यतिका बर्षका बाङ्गाटिङ्गा अप्ठ्यारा प्राप्तिमा
दुःखलाई पन्छाएर
सुख प्राप्तीका स्वर्णिम कल्पनामा
खुसीका दिवसहरू मनाई रह्यौं ।
कुनै गुनासाहरू भनिनौ
न त मैले नै सोधेँ
थाहा पाइपाइ पनि थाहा नपाएझैँ गरिरहेँ
तिमी मेरा हरेक सन्तुस्टीमा
जुनेली रातझैँ
शीतलता दिईरह्यौ
म सन्तुष्ट भइरहेँ ।

  • कुस्मा ,पर्वत ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको