२४ बैशाख २०८१, सोमबार | May 6, 2024

खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी



बुटवल । रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित भएका हुन् । एमालेका कुँवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका मोतिलाल ढकाललाई पराजित गरेका हुन् ।

कुँवर यसअघि पनि उक्त संस्थाको अध्यक्ष थिए । कुँवर सँगै सबै पदमा उनकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी भएका छन् ।

चुनावबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्वाचित भएका छन् । सदस्यमा चक्रपानी न्यौपाने, अनिता कुँवर, उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी, रिमबहादुर ढेगा, विष्णुप्रसाद भट्टराई र रुकमाङगत भारती छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ०३ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र