२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

‘सभामुखलाई जोडेर गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित’



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको उनको सचिवालयले बताएको छ ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपाने बुधबार प्रेस नोट जारी गरेर लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको उल्लेख गरेका छन् ।

सभामुखसापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै उनले यसप्रति सचिवालयको ध्यानाकर्षण भएको बताएका छन् ।

‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले प्रेस नोटमा उल्लेख गरेका छन्, ‘सभामुख सापकोटाले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।’

 

प्रेस नोट

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको विषय स्पष्ट गर्न यो प्रेस नोट जारी गरिएको छ ।

देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।
नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ ।

उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।

श्रीधर न्यौपाने
प्रेस विज्ञ

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १ : ४६ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा