२० श्रावण २०८३, बुधबार | August 6, 2026

नेत्रहिन युवा संघ रुपन्देहीद्धारा सियारीमा चेस खेलकुद तालिम प्रदान



बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजना र सियारी गाउँपालिका वडा नम्बर ५ को सहयोगमा दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि ‘चेस खेल’ तालिम प्रदान गरिएको छ । दुई दिन सम्म सियारी गाउँपालिका वडा नम्बर ५ मा रहेको दृष्टि बिहिन श्रोत विद्यालय विरेन्द्र माविमा तालिम आयोजना गरिएको हो ।

तालिमका एक कार्यक्रमका विच समापन गरिएको छ । विरेन्द्र मावि छपियाका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सियारी गाउँपालिका नगर कार्यपालिका सदस्य देवकी खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि खरेलले दृष्टिविहनता भएका विद्यार्थीहरुले पनि चेस खेलमा सहभागी भएको देख्न पाउँदा अत्यान्तै खुसी लागेको बताईन । उनले गाउँपालिकाले आगामी दिनमा पनि अपाङ्गता भएका व्याक्तिहरुको हितको लागि जहिले पनि सहयोग गर्ने प्रतिवद्धता जनाईन ।

कार्यक्रममा विद्यालय व्यवस्थाप समितिका सदस्य चन्द्रकान्त शर्मा, रुकमणी चौधरी विद्यालयका स्रोत शिक्षक लोकनाथ सापकोटा लगायतले आ आफ्नो भनाई राखेका थिए । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा परियोजना फिल्ड अफिसर अस्मीता क्षेत्रीले स्वागत मन्तव्य राखेकी थिईन ।

दुई दिन सम्म चलेको तालिममा प्रशिक्षक जीवन पोख्रेलले सहजीकरण गरेको नेत्रहिन युवा संघ रुपन्देहीका कोशाध्यक्ष माधव कमला पौडेलले जानकारी दिइन । सोही कार्यक्रममा नेत्रहिन युवा संघ रुपन्देहीले विद्यालयमा अध्यायनरत दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि खेलकुद सामग्रीको रुपमा विशेष प्रकृतिको चेस बोर्ड तथा गोटीहरु तथा स्टालस समेत प्रदान गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ५० बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको