काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश स्तरिय विशेष प्रशिक्षण अभियान आज कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन हुने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटिले बनाएको कार्ययोजना अन्तर्गत आज सुर्खेतमा हुने विशेष प्रशिक्षणका लागि माओवादी अध्यक्ष ‘प्रचण्ड शुक्रबार सुर्खेत जाँदै छन् । प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागि हुन प्रचण्डसहित प्रदेश इन्चार्ज शक्ति बस्नेत सुर्खेत जाने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
वीरेन्द्रनगरको सिटीहलमा हुने कार्यक्रममा कर्णालीका ७९ वटै पालिका, जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।
माओवादी केन्द्रका एक प्रदेश नेताका अनुसार प्रशिक्षणमा प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने छन् ।



















प्रतिक्रिया