१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि सुरु



काठमाडौं । नेपाली कांग्रेसले आज एक महिने चुनावी अभियान सुरु गर्न लागेको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न लागेको हो । कांग्रेसले घरघर जाऔं, कांग्रेसलाई जिताऔं नारा दिएर अभियान सञ्चालन गर्न लागेको हो ।

आज एकैपटक देशका ७७ जिल्लामा अभियान सुरुआ गर्न लागिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । दिउसो १ बजे सबै जिल्लामा एकैसाथ केन्द्रीय नेताहरुले अभियानको उद्घाटन गर्दै छन् ।

अभियानका लागि कांग्रेसले सबै जिल्लामा केन्द्रीय सदस्यलाई खटाइसकेको छ । प्रत्येक जिल्लामा केन्द्रीय नेताले अभियानको नेतृत्व गर्नेछन् ।

एक महिने अभियानका क्रममा संगठन विस्तार, स्थानीय तह तथा वडासम्म कार्यसमिति गठन गरिने भएको छ । यससँगै अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा जानकारी दिइने भएको छ ।

त्यस्तै, कांग्रेस नेतृत्वका सरकारले गरेका कामको प्रचार गरिने भएको छ । यो अभियान चैत २९ गतेसम्म चल्ने भएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : २२ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित