१ चैत्र २०८२, आइतबार | March 15, 2026

मुल्य वृद्धि नियन्त्रण गर्नको लागि कानुन परिमार्जित गर्न सकिन्छ : लुम्बिनी प्रदेश वन तथा भु-संरक्षण मन्त्री हमाल



बुटवल । लुम्बिनी प्रदेशका वन तथा भु-संरक्षण मन्त्री मन्त्री सुरेन्द्र हमालले मुल्यवृद्वि नियन्त्रणका लागि कानुन परिमार्जित गर्न सकिने बताएका छन ।

मुल्यवृद्विले आमजनता मारमा परेको अवस्थामा मृल्यवृद्वि नियन्त्रणका लागि कानुन परिमार्जन गर्न सकिने बताए । खुद्रा तथा किराना व्यावसायी संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजित पदहस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री हमालले कानुन कुनै गीता र बाईवल नभएकाले समयको माग र आवश्यक्ता अनुसार कानुन परिमार्जन गर्न सकिने बताए ।

उनले प्रदेश सरकार जनताका समस्याप्रति गम्भीर रहेकाले सरकारले जनपक्षीय कामलाई ध्यान दिएको दावी गरे । नीजि क्षेत्रका समस्याप्रति प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै साना तथा किराना व्यवसायीका समस्या हल गर्न पहल गर्ने प्रतिवद्वता जनाए ।

मन्त्री हमालले किराना व्यावसायीका लागि जग्गाको व्यावस्थापन मिलाउन राजनीतिक दलहरुलाई आग्रह गर्दै भवन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । किराना व्यावसायीले मुल्यवृद्वि नियन्त्रण गर्न र खुल्ला सीमानाबाट हुने चोरी निकासी रोक्ने गरी कार्यक्रम ल्याउन सरकारसंग माग गरेका छन् ।

मोहन बस्यालको अध्यक्षता र महासचिव गोपाल श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । खुद्रा किराना व्यवसायी संघ बुटवलको १५ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनबाट निर्वाचितहरुलाई पदहस्तान्त्रण गरिएको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ३५ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना