१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा स्थानीयको अवरोध



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने गरी धादिङ र नुवाकोटको सिमाना बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट निर्माणमा स्थानीयले अवरोध गरेका छन् । विगतको सहमति कार्यान्वयनको माग राख्दै ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेको बेला स्थानीयले अवरोध गरेका हुन् ।

पटक, पटक काठमाडौं महानगरपालिका र सरकारले सहमति गरेर पनि जायज माग पूरा नगरेको भन्दै स्थानीयले निर्माण कार्य ने प्रभावित पारेका छन । एक साताअघिबाट काम रोकिँदा समयमै ल्यान्डफिल साइट बन्नेमा आशंका थपिएको छ । स्थानीयले ओखरपौवाको सिसडोलकोजस्तै अवस्था बन्नबाट रोक्न र बन्चरेडाँडामा व्यवस्थित रूपमा फोहोर फ्याँक्ने ग्यारेन्टी गर्नुपर्ने माग अघि सारेका छन् ।

स्थानीयको अवरोधका कारण बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल टु र इयाम निर्माणको काम ठप्प भएको छ । निर्माण व्यवसायी खुल्ने आशामा बसेका छन् भने स्थानीयले काम ठप्प पारेर मन्त्रिपरिषद्ले गरेको निर्णयको पूर्ण पाठको प्रतिक्षामा बसेका छन् ।

गत साता मन्त्रिपरिषद्को बैठकले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षमा सम्बन्धित मन्त्रालयका सचिवहरू रहने उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो। समिति गठन भए पनि काम अघि बढ्न सकेको छैन ।

समितिलाई आफूहरूले उठाएको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले स्थानीयले निर्माणको काममै अवरोध सिर्जना गरेका हुन् । आजको नेपाल समाचार पत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : २४ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको