१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

बन्चरेडाँडा जाने सडक, आयोजनाको कारण नरोकिएको ल्याण्डफिल आयोजनाको दाबी



काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध नभएको बताएका छन् । उनले कठिन मानिएको सिसडोलमा एकतर्फी रूपमा फोहोर बोकेर गाडी जान सक्ने गरी व्यवस्था मिलाइएको भन्दै आयोजनाको कारण फोहोरका गाडी नरोकिएको बताएका हुन् ।

विगत २०७६ सालदेखि बन्चरेडाडाँमा ल्यान्डफिल साइट र कोल्पुखोला जलाधार क्षेत्रमा पूर्वाधारको निर्माणको गर्दै आएको बताउँदै उनले हाल तीनपिप्लेदेखि बन्चरेडाडाँसम्म सडक यातायातमा बाधा नपर्ने गरी काम भइरहेको बताए । ुसडक स्तरउन्नतीको काम तीव्र गतिमा भइरहेको छ, सडकको कारण फोहर ढुवानी रोकिएको छैन,’ उनले भने ।

यसअघि आयोजनाले बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक एक साता बन्द गरेर फोहोरको डगुर रहेको सिसडोल खण्डमा सडक स्तरउन्तीको काम सम्पन्न गरेको थियो । सिसडोलमा खण्डमा हाल ग्याबिङ भरेर गाडी नफस्ने व्यवस्था मिलाइएको छ ।

आयोजनाले तीनपिप्ले हुँदै बन्चरडाँडा ल्याण्डफिल साइटसम्म जाने करिब साढे १२ किलोमिटर सडकको स्तरउन्नतीको काम अघि बढाएको छ । ठेक्का सम्झौता भएर असार पहिलो साताबाट स्तरउन्ततीको काम हुँदै आएको छ । बोहोराले भने, ‘सिसडोलमा फोहोर माथिबाट गाडी बन्चरेडाँडा ल्याण्डफिल साइट लैजानको लागि अहिले सिसडोलमा दुई सय मिटरमा ग्याबिङ भनेर वर्षाको समयमा पनि निर्बाध रूपमा गाडी गुड्न सक्ने गरी काम सम्पन्न गरेका छौं ।’ बन्चरेडाँडा जाने सडक ११ करोडमा लगानीमा स्तरउन्नती हुन लागेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ४६ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको