५ बैशाख २०८३, शनिबार | April 18, 2026

दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीमा ९ जनाको मृत्यु, कर्फ्यू घोषणा



किभ । दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् ।

गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको छ । २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख विस्थापित भएका छन् ।

यसैबीच, रुसी सेना युक्रेनको हमलामा परेको मारिओपोलमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन् । सो सहरमा अहिले पनि लडाइँ भइरहेको छ । सहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको सो सहरका मेयरले बताएको बीबीसीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : १८ बजे

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले

अस्पतालबाट डिस्चार्ज भए एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

काठमाडौँ । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी