९ पुस २०८२, बुधबार | December 24, 2025

एमाले अध्यक्ष ओलीले चैत १७ गते कालिकोटको चुनावी सभालाई सम्बोधन गर्ने



सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत १७ गते कालिकोटमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । नेकपा एमाले कालिकोटका अनुसार जिल्लामा हुने बृहत् चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आउने भएका हुन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कालिकोटमा बृहत् आमसभा राखिएको त्यसलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कालिकोटका उपाध्यक्ष दयाराम सिम्खडाले जानकारी दिए । ‘हामीले एक लाख नागरिकलाई आमसभामा आउने लक्ष्य राखेका छौं,’ उनले भने,‘त्यस सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।’

अहिले त्यसको व्यापक तयारी भइरहेको र अध्यक्ष ओलीले सम्बोधन गर्ने सभामा लागि मञ्चलगायत अन्य व्यवस्थापन तीव्र पारिएको उपाध्यक्ष सिम्खडाले जानकारी दिए । ‘हामीले अहिले गाउँ गाउँमा चुनावी सभा गरिरहेका छौं,’ उनले भने,‘एमालेलाई कालिकोटमा पहिलो पार्टी बनाउने लक्ष्यसहित कार्यक्रम राखिएको छ ।’

सभालाई हिजो मात्रै एमालेमा प्रवेश गरेका समाजवादी जनता पार्टीका पूर्व अध्यक्ष प्रेमबहादुर सिंहले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कालिकोटले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : २९ बजे

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी