१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

एमाले केन्द्रीय कमिटी बैठक आज सकिंदै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) समापन हुँदैछ । स्थानीय तह निर्वाचन केन्द्रीत रणनीति तय गर्न भन्दै बुधबार सुरु भएको बैठक निर्धारित ११ वटा एजेन्डामाथि छलफलको निर्णय गरेर आज समापन हुने भएको हो ।

बुधबारको बैठकमा सातै प्रदेशका अध्यक्षहरुले पार्टी संगठनको अवस्थाको रिपोर्टिङ गरेका थिए । बुधबारको बैठकमा प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद शाह र सुदुर पश्चिमका दामोदर भण्डारीले आफ्नो प्रदेशको पार्टी सांगठनिक अवस्था र सम्भावित चुनावी नतिजाबारे विश्लेषण सहित बैठकलाई रिपोर्टिङ गरेका थिए ।

प्रदेश अध्यक्षहरुले मधेश प्रदेश बाहेक अन्य सबै प्रदेशमा एमालेको अवस्था राम्रो भएको रिपोर्ट गरेको एमालेका एक केन्द्रीय सदस्यले बताए । उनीहरुले गठबन्धन भएपनि एमाले एक्लै अधिकांस स्थानमा जित्न सक्ने अवस्थामा रहेको निश्कर्ष बैठकलाई सुनाएका थिए ।

प्रदेश अध्यक्षहरूको रिपोर्टिङ पछि अध्यक्ष केपी शर्मा ओलीको १५ पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । ओलीले सरकार, निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मको भुमिकालाई लिएर आशंका जनाउँदै मुख्यतः नौवटा विषयमा चासो व्यक्त गरेको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए । अध्यक्ष ओलीको प्रतिवेदनमाथि बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव राख्नेछन् । छलफलमा भाग लिनका लागि फ्लोर ओपन गरिने एमाले प्रचार विभाग सदस्य विष्णु रिजालले जनाएका छन् ।

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ८ : ५४ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने