१ चैत्र २०८२, आइतबार | March 15, 2026

वक्तृत्वकलाको उपाधि स्कलर्सकी सचिनालाई



बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा बुटवलमा शुक्रबार सम्पन्न जिल्ला स्तरिय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा आफ्नो दमदार प्रस्तुती सहित स्कलर्स होस बोर्डिङ स्कुलकी सचिना पन्थी प्रथम भएकी छिन ।

सामाजिक विकासमा रोटरीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा उनि प्रथम हुदै नगद १० हजार रुपैया सहित कप, प्रमाणपत्रबाट पुरस्कृत भएकी हुन । स्कलर्स बोर्डिङ स्कुलको सभाहलमा भएको प्रतियोगितामा बुद्घ पब्लिककी निशा न्यौपाने द्घितिय हुँदै नगद ८ हजार नगद सहित कप प्रमाणपत्रबाट पुरस्कृत भईन । प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुलकी वर्षा न्यौपाने तृतिय हुँदै नगद ५ हजार र कपबाट पुरस्कृत भएकी छिन । यसैगरि चौथो स्थान हासिल गर्दै होराईजन जिविएसकी प्रतीक्षा खराल नगद ३ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भएकि छिन ।

एक समारोहका बिच रोटरी ईन्टरनेशनल ३२९२ नेपाल भुटानका एजी नारायण प्रसाद पन्थ, प्रतियोगिताका निर्णायक प्रा.डा.हिरणलाल ज्ञवाली र देउप्रकाश राई, क्लबका अध्यक्ष जबिन कक्षपति, कार्यक्रमका संयोजक तथा क्लबका सचिव बाबुराम बन्जाडेले विजेत ाउपविजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा एजी पन्थले थोरै थोरै रकम विश्वभर आफ्ना सदस्यहरुबाट सहयोग जुटाएर रोटरी सामाजिक काममा अग्रसर रहेको बताए । विशेषगरि सात वटा फोकस एरियामा रोटरीले विश्वभर समुदायमा निसुल्क कार्य गर्दै आएको उनले बताए । कार्यक्रममा अध्यक्ष जबिन कक्षपतिले बालबालिकाहरुमा बक्तृत्व क्षमता विकास गराउदै स्वज्ञान बढाउने लक्ष्य सहित कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा एन प्याप्सनका सल्लाहकार देउप्रकाश राईले विद्यार्थी जीवन सिकाईको उमेर भएको भन्दै अध्ययनसंगै अतिरित्त mक्रियाकलापहरुमा अग्रसर हुनुपर्ने बताए । सामाजिक कार्यमा लाग्न उत्प्रेरित गर्ने गरि आयोजना गरिएको कार्यक्रम निक्कै फलदायी भएको उनले बताए । परिवर्तन आफैबाट शुरुवात गर्नुपर्ने सुझाव दिदै यसलाई केन्द्रमा राख्नुपर्ने उनले सुझावदिए ।

प्रतियोगितामा न्यु होराईजन, होराइजन गौतमबुद्घ, एम्स बोर्डिङ स्कुल, स्कलर्स होम बोर्डिङ स्कुल, गार्गी एकेडेमी, ग्लोरियस सेकेण्डरी, देवदह बुद्घ पब्लिक, एभरेष्ट बोर्डिङ स्कुल, तिलोत्तमा कलेज र कान्ति मावि गरि प्रतियोगितामा १० विद्यालयका ४ जना छात्र र ६ छात्राहरुले भाग लिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ४४ बजे

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज