२० श्रावण २०८३, बुधबार | August 5, 2026

बर्दियामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । घाइते भएका ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुर स्थित मेडिकल कलेज अस्पताल पठाइएको छ ।

लु २ ख ८७३ नम्बरको ट्रक आज बिहान पौने १० बजे अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

मृतक र घाइते मध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १ : १३ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको