१६ श्रावण २०८३, शनिबार | August 1, 2026

भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने-यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्



बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् ।

साे क्रममा उनले बहुउदेश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइको छ ।

टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनपर्ने बताए । उनकाे दावी थियाे, ‘भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ ।’ उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेकाे बताए । उनले भनेु, ‘यसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले याे क्षेत्रकाे विकासमा सहयाेग पुगाेस् ।’

यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइराख्नुपर्ने उनको भनाइ छ । ‘अरु यस्ता नयाँनयाँ कार्यहरू, नयाँ कार्य भन्नाले भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन् । आवश्यकताअनुसार भ्यु टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् । विकासलाई जसरी तपाईहरू लाग्नु भएको छ यो अत्यन्तै खुशीको कुरा हो ।’ ओलीले भने ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ५८ बजे

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका