९ पुस २०८२, बुधबार | December 24, 2025

गठबन्धनले एमालेलाई सक्दैनौं भन्ने बुझ्न बाँंकी छः एमाले अध्यक्ष ओली



भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारमा रहेका राजनीतिक दलहरूले अबको चुनावमा गठनबन्ध गरेर गए मात्रै एमालेसम्म भिडन् सक्ने भन्ने सही कुरा बुझेको, तर उनीहरूले गठबन्धन गर्दा पनि एमालेलाई हराउन नसक्ने रहेछ भन्ने कुरा बुझन बाँंकी भएको बताएका छन् ।

गठनबन्धन गरे पनि एमालेलाई नभ्याउने कुरा ३० वैशाखमा हुने निर्वाचनको परिणामपछि मात्रै गठनबन्धनका दलहरूले थाहा पाउने उनको भनाइ छ । भक्तपुरको आदर्शस्थित सूर्यविनायक तरकारी बजारको बुधबार उदघाटन गर्दै उनले गठनबन्धन दलहरूलाई नटुट्न आग्रह गरे । गठबन्धन दल टुटेफुटेमा एमालेसँंग चुनाव लडने हिम्मतै गर्न नसक्ने भन्दै त्यसो भयो भने एमालेलाई पनि चुनाव लड्दा मज्जा नआउने बताए ।

‘स(साना बच्चाहरूसँंग जसरी ठूलो मान्छेलाई लड्न मज्जा आउँंदैन, त्यसरी नै यी गठबन्धनका दलहरूसँंग चुनाव लड्न हामीलाई मज्जा आउँंदैन,’ सता गठबन्धनमा रहेका दलहरूलाई बच्चाको संज्ञा दिंदै उनले भने, ‘तिनीहरू सबै एक भए पो बलवान हुन्छ र बराबरी ताकत भएकासँंग भिड्न एमालेलाई मज्जा आउँंछ ।’

तरकारी बजारका अध्यक्ष एवं चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले विदेशमा होइन, स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाले बजार सञ्चालनमा ल्याएको बताए । उनले विचौलिया अन्त्यका लागि तरकारी बजार सञ्चालनमा ल्याएको दाबी पनि गरे । प्रसाईले किसानले मूल्य नपाउने तर विचौलियाले खाने गरेका कारण त्यसको अन्त्यका लागि आफूले तरकारी बजार सञ्चालनमा ल्याएको बताए ।

‘किसानले अब यहाँं सिधै बेच्न सक्छन्,’ उनले भने, ‘हामी उनीहरूलाई उचित मूल्य दिन्छौं ।’ प्रसाईले नेपालको नाम मात्रै कृषि प्रधान भएको, तर त्यसअनुसार केही पनि काम नभएको बताए । उनले कृषिमा क्रान्ति आवश्यक भएको पनि बताए । तरकारी बजार दुई अर्ब लगानीमा सञ्चालनमा ल्याएको र चार हजार चार सयले रोजगारी पाउने व्यवस्थापन पक्षको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ०७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना