१४ चैत्र २०८२, शनिबार | March 28, 2026

गठबन्धनले एमालेलाई सक्दैनौं भन्ने बुझ्न बाँंकी छः एमाले अध्यक्ष ओली



भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारमा रहेका राजनीतिक दलहरूले अबको चुनावमा गठनबन्ध गरेर गए मात्रै एमालेसम्म भिडन् सक्ने भन्ने सही कुरा बुझेको, तर उनीहरूले गठबन्धन गर्दा पनि एमालेलाई हराउन नसक्ने रहेछ भन्ने कुरा बुझन बाँंकी भएको बताएका छन् ।

गठनबन्धन गरे पनि एमालेलाई नभ्याउने कुरा ३० वैशाखमा हुने निर्वाचनको परिणामपछि मात्रै गठनबन्धनका दलहरूले थाहा पाउने उनको भनाइ छ । भक्तपुरको आदर्शस्थित सूर्यविनायक तरकारी बजारको बुधबार उदघाटन गर्दै उनले गठनबन्धन दलहरूलाई नटुट्न आग्रह गरे । गठबन्धन दल टुटेफुटेमा एमालेसँंग चुनाव लडने हिम्मतै गर्न नसक्ने भन्दै त्यसो भयो भने एमालेलाई पनि चुनाव लड्दा मज्जा नआउने बताए ।

‘स(साना बच्चाहरूसँंग जसरी ठूलो मान्छेलाई लड्न मज्जा आउँंदैन, त्यसरी नै यी गठबन्धनका दलहरूसँंग चुनाव लड्न हामीलाई मज्जा आउँंदैन,’ सता गठबन्धनमा रहेका दलहरूलाई बच्चाको संज्ञा दिंदै उनले भने, ‘तिनीहरू सबै एक भए पो बलवान हुन्छ र बराबरी ताकत भएकासँंग भिड्न एमालेलाई मज्जा आउँंछ ।’

तरकारी बजारका अध्यक्ष एवं चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले विदेशमा होइन, स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाले बजार सञ्चालनमा ल्याएको बताए । उनले विचौलिया अन्त्यका लागि तरकारी बजार सञ्चालनमा ल्याएको दाबी पनि गरे । प्रसाईले किसानले मूल्य नपाउने तर विचौलियाले खाने गरेका कारण त्यसको अन्त्यका लागि आफूले तरकारी बजार सञ्चालनमा ल्याएको बताए ।

‘किसानले अब यहाँं सिधै बेच्न सक्छन्,’ उनले भने, ‘हामी उनीहरूलाई उचित मूल्य दिन्छौं ।’ प्रसाईले नेपालको नाम मात्रै कृषि प्रधान भएको, तर त्यसअनुसार केही पनि काम नभएको बताए । उनले कृषिमा क्रान्ति आवश्यक भएको पनि बताए । तरकारी बजार दुई अर्ब लगानीमा सञ्चालनमा ल्याएको र चार हजार चार सयले रोजगारी पाउने व्यवस्थापन पक्षको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ०७ बजे

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउबारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई