८ आश्विन २०८३, बिहिबार | September 24, 2026

मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाको पाचौँ अधिवेशन सम्पन्न, मणिरत्न भण्डारीको नेतृत्वमा ७१ सदस्यीय नयाँ कमिटी चयन



बुटवल । सबैका लागि खेलकुद नारा सहित स्थापना भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटिको पाचाँै जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बिच एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले उद्घाटन गर्दै खेलमार्फत युवालाई नेतृत्वमा ल्याउने अभियानका रुपमा एकेडेमी सफल भएको बताए ।

एकेडेमीका जिल्ला अध्यक्ष कृष्ण देवकोटाले आफ्नो कार्यकालको वार्षिक प्रगति पेश गर्दै युवाहरुलाई एकतावद्घ गराउदै संस्थागत विकास गर्न सफल भएको बताए । सृजनशिल, बौद्धिक रुपमा युवाहरुलाई अगाडि बढाउन मद्दत मिल्ने उनले दाबी गरे ।

सक्षम, सबल र अनुसासित खेलाडीका रुपमा जनशक्ति उत्पादन गर्ने उनले बताए । एकेडेमीलाई ज्ञानदेव हटुवाल, ध्रुव आचार्य, नन्दु काउचाले नेतृत्व सम्हालिसकेका छन । स्थापनासंगै एकेडेमीमार्फत संगठनात्मक, रचनात्मक कार्यहरु गरेको उनले बताए । खेलकुदका साथै सामाजिक क्षेत्रमा समेत आफुहरु निरन्तर योगदान दिदै आएको उनले बताए ।

कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष एकेडेमीका के सदस्य महेन्द्र लिगल, के सदस्य अमृता अनमोल, एकेडेमीका प्रदेश सचिव शंकर पाण्डे, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले खेलको माध्यमबाट अन्तराष्ट्रियस्तरमा देशको पहिचान दिलाउन सकिने उदाहरण दिदै उमेर समुहबाट नै खेल विकासलाई जोड दिनुपर्ने सुझाव दिए ।

अधिवेशनले मणिरत्न भण्डारीको नेतृत्वमा ७१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ । एकेडेमीको उपाध्यक्षमा गोरे अलि, सचिव गंगाराम सुनार, सह सचिव सरिता राना र कोषाध्यक्ष युवराज काफले चयन भएका छन ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : १३ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने