२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

आजको मौसम : पहाडी भेगमा मेघ गर्जनसहित वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशका केही पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ ।

बाँकी प्रदेशका पनि पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । प्रदेश १ को पहाडी भू-भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

शनिबार राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ०४ बजे

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९

रास्वपा ‘लोकप्रियतावाद र भ्रमको राजनीति’ मा आधारित अराजक जमातको गठजोड : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई

सुकुम्बासी माथिको सरकारी व्यवहारमा ‘पञ्चायती दमन’को झल्को : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ले