२३ असार २०८३, मंगलबार | July 8, 2026

ग्याष्ट्रिक, बाथदेखि पेटसम्बन्धी समस्या निको पार्न पुग्छन् भोताङको अमिलोपानी



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका देशकै मुख्य पर्यटकीय गन्तव्य हो । पाँचपोखरी भन्नेवित्तिकै यहाँको धार्मिक आस्था महत्वप्रति सबैको विश्वास छ । जसमध्ये यही ठाउँमा पर्छ भोताङ । भोताङकै आँगनमा पर्दछ अमिलोपानी ।

पाँचपोखरी थाङपाल गाउँपालिका९३ भोताङमा रहेको अमिलोपानीको ऐतिहासिक महत्व छ । यहाँको पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुग्ने र विभिन्न रोगहरू न्युनीकरण हुने जनविश्वास छ । भोथाङका वडाध्यक्ष निमा छिरिङ लामा भन्छन्, ‘यहाँको पानी पिउँदा ग्यास्ट्रिक निको हुन्छ । यसकारण यस क्षेत्रको स्थानीयले मात्रै नभएर विभिन्न क्षेत्रका सर्वसाधारणले यहाँको पानी पिउन आउने गरेका छन् ।’

प्राचीनकालदेखि नै ‘अमिलोपानी’ रहिआएको र यो पानी पिउँदा विशेषगरी ग्यास्ट्रीक, जिउ दुख्ने जस्ता रोग निको हुने जनविश्वास छ ।

अमिलोपानीको तीनपटक ल्याब टेष्ट भइसकेको छ । एन्फोमा ल्याब टेष्टको रिपोर्टले अमिलो पानी मानव शरीरलाई अति आवश्यक भएको पृष्टि गरिसकेको स्थानीय रत्नप्रसाद श्रेष्ठले बताए ।

हरेक वर्ष चैते दशैको तीन दिन यहाँ भव्य मेला लाग्छ । मेलामा टाढादेखिका स्थानीय बाथ, ग्याष्ट्रिकदेखि पेटसम्बन्धी समस्या निको हुने भन्दै मेला भर्न आउने गरेका छन् । मेला भर्न आउनेले साथमा सक्खर, मिश्री साथमा दुई पाथीसम्म पानी पिउने गर्छन् । यो वर्ष एक हजारभन्दा बढी मेलामा पुगेका थिए ।

मेलम्ची, चौतारादेखि काभ्रेसम्मका स्थानीय मेला भर्न पुग्ने गरेका छन् । अहिले सडक मार्गबाट आधा घन्टा ओरालो हिँडेपछि अमिलोपानी स्थल पुग्न सकिन्छ । जात्रालाई पछिल्लो समय स्थानीय सरकारले मौलिक कला संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ डम्फू सेलो सांस्कृतिक कार्यक्रमसमेत हुने गरेको छ । यसका लागि स्थानीय कलाकार, ताम्बाहरूले स्थानीय भाषामा डम्फू सेलोहरूसमेत प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ३० बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको