१४ चैत्र २०८२, शनिबार | March 28, 2026

नेपालको पर्यटन विकासमा भारतीय कम्पनी शाइनीको चासो



भैरहवा । नेपालमा पर्यटकीय धेरै सम्भावना छ, सानो क्षेत्रफल भए पनि भरिपूर्ण अमूल्य प्राकृतिक सम्पदाले पर्यटनको विकासमा फड्को मार्न सकिन्छ । १२ वर्षदेखि होटल व्यवस्थापन क्षेत्रमा लागेका दिपक ठाकुरको चिन्ता पनि कसरी नेपालमा पर्यटन विकास गर्नेमा छ । पर्यटन व्यवसायमा समय व्यतित गरिरहेका उनको जन्मथलो भारत भए पनि नेपालको पर्यटन विकासमा उनको समय बित्ने गरेको छ ।

‘यहाँ धेरै सम्भावना छ, सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, मन्दिरै मन्दिर भएको देश र प्राकृतिक सम्पदा भरिपूर्ण छ, हामीलाई यसलाई भजाउन सकेका छैनौ,’ शाइनी होटल्स एन्ड रिसोर्टका सिइओसमेत रहेका ठाकुर भन्छन् । भारत, नेपालसहित विभिन्न ११ देशमा विगत १२ वर्षदेखि पर्यटन व्यवसाय गर्दै आएका ठाकुरले गत वर्षबाट रुपन्देहीको भैरहवामा रहेको चार तारे होटल बोधी रेडसनको पनि व्यवस्थापन र मार्केटिङ गरिरहेका छन् । चौधरी ग्रुपमा पनि केही समय होटल म्यानेजमेन्ट गरेका उनको चासो विदेशी र भारतीय पर्यटकलाई कसरी नेपाल ल्याएर यहाँको पर्यटन उठाउनेमा छ ।

‘नेपालमा भारतीय पर्यटक आउन उत्साहित छन्, कोभिडले शून्य अवस्थामा झरेको पर्यटन व्यवसाय विस्तारै उठिरहेको छ । स्किम र प्रचार प्रसार गरेको नेपालको पर्यटन क्षेत्रलाई उकास्ने यो राम्रो समय छ,’ ठाकुरले भने । नेपालका २५ बढी ठाउँमा सेल्स र मार्केटिङका साथै तीनवटा बुटिक होटलको व्यवस्थापनमा रहेको शाइनी होटल्स एन्ड रिसोर्टले व्यवस्थापन, सेल्स र बजार सबै आफैले तय गरी होटल सञ्चालन गरेको छ ।

भारतको ब्रान्ड कम्पनी शाइनीले भैरहवामा पाँच महिनादेखि व्यवस्थापन गर्दै आएको छ भने नेपालका दुईवटा होटलमा थप व्यवस्थापनको जिम्मा लिँदै छ । यसका साथै ६ वटा होटलको सेल्सको जिम्मा कम्पनीले लिएको छ । विशेष गरी सीमा क्षेत्रमा रहेका होटलहरुलाई लक्षित गरी शाइनीले चेन व्यवसायको रूपमा यसलाई परिस्कृत गर्ने र नेपाल भ्रमणमा आउने भारतीय तथा आन्तरिक पर्यटकलाई एकै प्रकारको सेवा उपलब्ध गराउने लक्ष्य रहेको जनाए ।

शाइनीले यसअघि काठमाडौंको रुद्र भ्यु, मुनलाइट रिसोर्ट, गोल्डेन गेटलगायतका होटलमा आंशिक ब्यवस्थापनको काम हेरेका ठाकुरले जानकारी दिए । सीमा क्षेत्रमा भारतीय पर्यटकहरूका लागि अधिकतम पर्यटनको सम्भावना रहेको र भारतमा आफ्नो राम्रो पकड रहेकाले यसले नेपालका होटल तथा पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने ठाकुरको भनाइ छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा दुई हजार ७९ रुपैयाँमै भैरहवामा विशेष योजना पनि सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा म्युजिकल नाइटसहितको प्याकेजमा स्टे, व्रेकफास्ट र कम्प्लीमेन्ट्री डिंक्स पनि रहेको छ । १६ जनाको टिम रहेको व्यवस्थापन कम्पनीले पर्यटन क्षेत्रको सम्भावना, बजार, योजना र कम खर्चमा कसरी बढी उपयोग लिने विषयमा काम गर्ने गरेको छ । निश्चित प्रतिशत लिएर स्थानीय र भारतीय जनशक्तिलाई प्रयोग गरेर गुणस्तरीय सेवा दिने गरेको छ ।

सेवालाई गुणस्तरीय बनाउँदै व्यवसायलाई उच्च विन्दुमा पुर्‍याउने, सेवाग्राहीहरूको फिडव्याक लिएर मागअनुसारको सेवा दिने र भएको क्षमतालाई अधिकतम प्रयोग गर्ने लक्ष्य कम्पनीले राख्दै काम गरिरहेको छ । भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल अबको केही समयमा सञ्चालनमा आइरहेको छ, मन्दिरकै देश भनेर चिनिने नेपालमा साहसिक पर्यटन पनि उत्तिकै छ जसका लागि आन्तरिक मात्रै होइन, भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आउनका लागि आत्तुर रहेको पर्यटन व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ३८ बजे

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति