१० पुस २०८२, बिहिबार | December 26, 2025

उम्मेदवार छान्न अन्तर्वार्ता लिन थाल्यो एमाले ललितपुर



ललितपुर । नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ ।
एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएकाे छ ।

अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएकाे हाे ।

क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलकाे संयाेजकत्वमा कार्यदल छ । सदस्यमा तारा सञ्जेल,नवराज सिलवाल र चेतनाथ सञ्जेल छन् ।

एमाले अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार क्षेत्रीय कमिटीले जिल्लालाई उम्मेदवार सिफारिस गर्नेछ । उनले भने, ‘संस्थागत र विधिवत ढंगबाट उम्मेदवार सिफारिस गर्न कार्यदल बनाएका हाैं । उपयुक्त व्यक्तिलाई छिट्टै सिफारिस गर्छाैं ।’

महाकाल कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाईंले पनि आफूहरुलाई अन्तर्वार्ताका लागि पार्टीले बोलाएको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : १० बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र