८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड



इस्लामावाद । पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भिडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो ।

दोषी ठहर भएका ८८ जनामध्ये ९ जनालाई आजीवन कारावास र अन्यलाई दुईदेखि पाँच वर्षको जेल सजाय तोकिएको छ । सो घटनाले देशलाई स्तब्ध बनाएको थियो र निवर्तमान प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनेका थिए ।

आक्रमणबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा आक्रोशित भीडले दियावदानगेलाई उनको कार्यस्थलबाट घिसारेर कुटपिट गरी हत्या गरेको देख्न सकिन्छ । उनको शव जनलाएपछि भीडमा धेरै मानिसहरूले सेल्फी लिइरहेका थिए ।

सो भिडियो अमानवीयको भएको पीडितकी श्रीमती निलुशी दिसानायकाले टिप्पणी गरेकी थिइन् ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ५८ बजे

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध