२७ असार २०८३, शनिबार | July 12, 2026

कांग्रेसको घोषणापत्रमाथि ओलीको टिप्पणी – बकवास र गालीगलौजको दस्तावेज



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्तावेज भएको टिप्पणी गरेका छन् ।

राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरे ।

२३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाएको बताए ।

‘नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन । जम्माजम्मी धारे हात लगाएको छ, एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो’, उनले भने, ‘यस्तै यस्तै बकवास र गालीगालैच घोषणापत्रमा दर्जानौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ । राजनीतिक विश्लेषण छैन । शब्द थुपारी के हुन्छ रु’

उनले खेस्रो लेखेर नीति नहुने पनि बताएका छन् । सम्बोधनका क्रममा उनले कम्युनिस्ट आन्दोलनप्रति चिन्ता पनि व्यक्त गरे ।

दोस्रो महाधिवेशनमा पुष्पलालविरुद्ध घेराबन्दी भएको, मनमोहन अधिकारीलाई षड्यन्त्रपूर्वक पार्टीबाट हटाएको र आफूविरुद्ध पनि घेराबन्दी गएको बताए ।
तात्कालिक क्षति पुगे पनि एमालेलाई घाटा नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ११ : ४७ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका