२९ भदौ २०८३, सोमबार | September 14, 2026

एकै दिन नबिल बैंकको १४ नयाँ शाखाको उद्घाटन



काठमाडौ । नबिल बैंकले आज (बिहीवार) धुम्बाराही मालीगाउँ काठमाडौ, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ ।

उपरोक्त शाखाकार्यालयमा आज आयोजित उद्घाटन कार्यक्रम/समारोहका बिच प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र काठमाडौं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा धुम्बाराही मालीगाउँ शाखा, बैंक संचालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्त रुपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोज राज घिमिरेले संयुक्त रुपमा थलि डाँछी शाखा, बैंक संचालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखा, तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद चापागार्इँले संयुक्त रुपमा दुवाकोट शाखाको उद्घाटन गरे ।

यसैगरी नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  सुजित कुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले संयुक्त रुपमा दहचोक शाखा, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक रंजना पौडेल पण्डीतले संयुक्त रुपमा मुर्गिया र खैरेनी शाखा, नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज कुमार ज्ञवाली र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरन बहादुर जोशीले संयुक्त रुपमा चिसापानी शाखा, नबिल बैंकका प्रादेशिक प्रमुख – प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेले संयुक्त रुपमा पुष्पलाल चोक शाखा, नबिल बैंकका प्रमुख संचालन अधिकृत गणेश प्रशाद अवस्थी र नेपाल राष्ट्र बैंक, वीरगन्ज कार्यालयका निर्देशक राजन देव भट्टराईले संयुक्त रुपमा जीतपुर शाखा, नबिल बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले संयुक्त रुपमा महेन्द्रनगर र ढल्केबर शाखा, तथा नबिल बैंकका अन्तराष्ट्र्यि व्यापार तथा रणनीतिक विस्तार प्रमुख आर्दश बजगार्इँ र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापाले संयुक्त रुपमा झुम्का शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ८ : ४५ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा