२९ मंसिर २०८२, सोमबार | December 15, 2025

उम्मेदवारी फिर्ता लिने समय आज ५ बजेसम्म, आजै अन्तिम नामावली प्रकाशन



काठमाडौं । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरि हिजो साँझ उम्मेदवारको नामावली प्रकाशन गरेको थियो ।

आज उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उम्मेदवारी दर्ता भएको थियो । आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा ३ हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनयन दर्ता भएको छ ।

अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ४० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले