१६ माघ २०८२, शुक्रबार | January 30, 2026

रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु



किभ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् ।

हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप÷रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भएको हो । राजधानी किभमा उनी बस्ने भवनमा रुसी क्षेप्यास्त्र प्रहारबाट ग्यारिचको मृत्यु भएको मिडिया समूहले जनाएको छ ।

उच्च सटीक र लामो दूरीको हावामा आधारित हतियार तैनाथ गरेको र त्यसले राजधानी किभमा आर्टियोम मिसाइल र अन्तरिक्ष उद्यम उत्पादन भवनहरू ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेन संकटबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच वार्ता भइरहेका बेला किभमा रुसी हमला भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ११ : ४६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र