१९ बैशाख २०८३, शनिबार | May 2, 2026

खजुरामा गठबन्धनको प्रतिवद्धतापत्र : कृषकलाई निःशुल्क विद्युतदेखि १२ कक्षासम्म निःशुल्क शिक्षा



खजुरा । खजुरामा नेपाली कांग्रेस र नेकपा माओवादीले स्थानीय तहको निर्वाचनका लागि संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । ‘विकासको प्रमुख आधार, एक व्यक्ति एक रोजगार, हामी विकासको पक्षमा बोल्छौं, जे बोल्छौं, समाजका लागि गर्र्छौं’ भन्ने मूल भावनालाई आत्मसाथ गर्दै तयार पारिएको घोषणापत्रमा खजुरा गाउँपालिकाका सबै वडाका समस्याहरुको खोजी गरी ती समस्याहरुको समाधान गर्ने उद्देश्यका साथ अल्पकालीन र दीर्घकालीनरूपमा गरिने कार्ययोजनालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

सार्वजनिक गरिएको घोषणापत्रमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, उच्च शिक्षामा छात्रवृत्तिदेखि लिएर खजुरामा युवाहरुका लागि स्वरोजगार कार्यक्रम, गाउँपालिकामा खरको छानोरहित सुरक्षित आवास, अधिकार सम्पन्न कृषि प्राधिकरण स्थापना गरी आधुनिक कृषि प्रणालीमा जोड दिने उल्लेख गरिएको छ ।

यसैगरी पालिकाको विकासका लागि भौतिक पूर्वाधार प्राधिकरण स्थापना गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउने, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने, खेलकुद विकास बोर्ड, कृषि व्यवसायमा आत्मनिर्भर कृषकहरुलाई कृषि कार्य गर्नको लागि निःशुल्क विद्युत मिटरको व्यवस्था गर्ने लगायतका योजनाहरु घोषणापत्रमा समेटिएको छ ।

आज (मंगलबार) खजुरामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौर, गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ल र निर्वाचन परिचालन कमिटीका संयोजक राजकुमार विकले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गरेका थिए ।

घोषणापत्र सार्वजनिक गर्दै सहमहामन्त्री राठौरले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने जिम्मेवारी माओवादी र कांग्रेसका नेता तथा कार्यकताहरुको काँधमा आएको बताए । उनले भने, ‘नेपाली कांग्रेस यो देशको जिम्मेवार पार्टी हो । देशको परिस्थितिलाई कसरी सम्हालेर अगाडि बढाएर लैजाने भन्ने दायित्व हामीमा छ । हामीले आफूभित्रका असन्तुष्टिलाई थाँती राखेर अहिले सफलता हासिल गर्नुपर्नेछ । हामी सबैमाथि खजुरा गाउँपालिकालाई जिताउनै पर्ने जिम्मेवारी आइपरेको छ ।’

अध्यक्ष पदका उम्मेदवार तुफानले घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताले जितिसकेपछि नयाँ ढंगबाट लागू गराउने बताए । उनले जनताको सम्पूर्ण विकासको जिम्मा, कृषि, उद्योगको विकास, पूर्वाधारको विकास, शैक्षिक सुधार गर्ने लगायतका धेरै कुराको जवाफ प्रतिवद्धतापत्रमा रहेको बताए । गठबन्धनले जितेपछि ती प्रतिवद्धताहरु पूरा गर्ने उनले बाचा पनि गरे ।

यसैगरी उपाध्यक्ष पदका उम्मेदवार मल्लले गठबन्धनलाई सफल बनाउनका लागि सहयोग गर्न सम्पूर्णमा अपिल गरिन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ५५ बजे

राष्ट्रपतिलाई भेटेका आङ्देम्बेले गराए अध्यादेशबारे विपक्षी दलको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट पाँच हजार अमेरिकी सैनिक फिर्ता हुँदै

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान